काठमाडौं– चितवनको राप्ती नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एमालेका पूर्ण आचार्य विजयी भएका छन्। आचार्य १५ सय ७ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी जिना गुरुङले १३ सय ५२ मत ल्याएकी छन्। महिला वडा सदस्यमा अम्बिका थपलिया १४ सय मत, दलित महिला सदस्यमा कमला सुनवार १४ सय २० मत, खुल्ला सदस्यमा दिपक अधिकारी १४ सय २५ मत प्राप्त गरेका छन्।
हाल राप्ति–९ को मतगणना भइरहँदा मेयरमा एमालेका गोविन्द प्रसाद कँडेलको ४८ सय १६, नेकपा एसका शमशेर लामाले ५५ सय २१ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी मेनुका पाठक ५२ सय ३९ मत र कांग्रेसका देवेन्द्र लामाको ५२ सय ५० मत छ।