काठमाडौं– धनकुटा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ।
मंगलबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्।
तामाङ ६ हजार ६६६ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले ७ हजार ६५२ मत प्राप्त गरे। कांग्रेस जिल्ला सभापति समेत रहेका राई १४ मतको अन्तरले पराजित भए।
उपमेयरमा पनि एमालेकै भीमादेवी खनाल विजयी भइन्। उनले नेकपा माओवादी केन्द्रका गणेश विष्टलाई ५६७ मतान्तरले पराजित गरेकी हुन्। खनालले ७ हजार १९६ मत प्राप्त गर्दा विष्टले ६ हजार ६२९ मत प्र्राप्त गरे।