मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ निर्वाचित भएका छन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ निर्वाचित भएका छन्। केरुङले निकटतम प्रतिद्वन्दी एमालेका ओम नारायण खनाललाई हराउँदै गाउँपालिका अध्यक्षमा विजेता भएका हुन्।

National life

मंगलबार बिहान सकिएको मतणनाअनुसार केरुङले ६ हजार ६५० मत पाएका छन्। खनालले तीन हजार ७५५ मत पाएका थिए।

यता गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी दिल कुमारी लिम्बूले जित निकालेकी छन्। लिम्बूले चाहिँ चार हजार ४५० मत पाइन्। उपाध्यक्षमा दोस्रो भएका माओवादी केन्द्रका शुक बहादुर लावतीले तीन हजार ४४२ मत पाए।

चुलाचुली–१ को अध्यक्षमा पूर्ण लावती विजयी भएका छन् भने दुई नम्बर वडामा लक्ष्मण श्रेष्ठ विजयी भए। त्यस्तै, २२ वर्षे बबिन राई वडा पाँचको अध्यक्षमा विजयी भएका छन्।

प्रकाशित: May 17, 2022| 14:59 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।