बुधबार, कात्तिक १९, २०८२

भोजपुरको षडानन्दमा रोचक परिणाम : उदास र राईले लिए बदला

भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

Kumaribank

मंगलबार मध्यान्ह सार्वजनिक मतपरिणाम अनुसार नगरपालिकाको मेयरमा सुरेन्द्र उदास निर्वाचित भएका छन्। उपमेयरमा माओवादीकी प्रमिला राई निर्वाचित भएकी छन्। 

उदासले ६ हजार ९० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निटकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका वीरवल राईले ५ हजार २८७ मत ल्याए। उपमेयरमा निर्वाचित प्रमिलाले ६ हजार ६३१ मत ल्याइन्। उनकी निकतम प्रतिस्पर्धी मेरिका राईले ३ हजार ९६२ मत प्राप्त गरिन्।

पराजित दुवै उम्मेदवार निवर्तमान मेयर र उपमेयर हुन्। रोचक त के छ भने उदास र राईले २०७४ सालको बदला वीरवल र मेरिकासँग लिएका छन्। अघिल्लो निर्वाचनमा वीरवलसँग उदास र मेरिकासँग प्रमिला पराजित भएका थिए।

प्रकाशित: May 17, 2022| 14:02 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।