बुधबार, असार ३१, २०८३

कुलचन्द्रले ल्याए ग्लोबल सिटिजन फ्रम गुल्मी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लामो समय संयुक्त राष्ट्रसंघको उपमहासचिव र  राष्ट्रसंघीय बालकोष ( युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्मको भूमिका निर्वाह गरेका कुलचन्द्र गौतमको आत्माकथा ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ मंगलबार राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। 

गल्मीको दुर्गम गाउँबाट यात्रा तय गरेका कुलचन्द्रले राष्ट्रसंघको उपमहासचिव जस्तो ओहोदामा रहेर काम गरेका अनुभवलाई आफ्नो जीवनीमा समेटेका छन्। 

गाउँदेखि सहरसम्मको यात्राको क्रममा भोगेका आरोहअवरोलाई र बाल्यकालका रमाइला घटनाक्रमलाई पनि पुस्तकमा समेटेका छन्।

ग्लोबल सिटिजन फ्रम गुल्मी- माइ जर्नी फ्रम दि हिल्स अफ नेपाल टु दि हल्स अफ युनाइटेड नेसन्स’ नाम राखेर प्रकाशन भएको उनको जीवनले आम पाठकलाई प्रेरणा दिने उनको विश्वास छ। उनका निजि अनुभवको आधारमा गौतमले नेपाल र संयुक्त राष्ट्रसंघदेखि समग्र विश्व समाजको भविष्यको बारेमा समेत धारणा व्यक्त गरेका छन्। 

मंगलबार भएको पुस्तक लोकार्पण कार्यक्रममा गौतमले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रण गर्न सघाउ पुर्‍याएकोबारे पनि चर्चा गरेका थिए। गौतमको अन्तर्राष्ट्रिय प्रशासनको अनुभवलाई नागरिक समाजको अगुवा भइ योगदान दिएको घटनाक्रमहरू पाठकका निम्ति अनुकरणीय हुनसक्ने बताइएको छ। 

‘झट्ट हेर्दा नरम बोलीमा प्रकट भएपनि चट्टानी मान्यताहरू र सामाजिक न्यायका निम्ति कदापिपछि नहट्ने अडानहरू नै गौतमको पहिचान हुन्।’ किताबको अन्तिम पानामा कुन्दन दिक्षितले लेखका पनि छन्। 

प्रमुख अतिथि सत्यमोहन जोशी, आनीछोइँङ डोल्मा, पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सञ्जिव शाक्य, नेता निलकण्ठ आचार्य र लेखक स्वयंले संयुक्त रूपमा किताबको घुम्टो उघारेका थिए । पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।