भरतपुर महानगरपालिकामा १४ हजार २३० मतगणना गर्दा गर्दा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४ हजार ८४४ मतसहित अग्रता लिएका छन्।
नेकपा माओवादीकी रेनु दाहालले ४ हजार ८०३ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको २२ सय ३ मत आएको छ।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ७३५ र राप्रपाकी हिमला गुरुङले ३ हजार ८६२ मत पाएकी छन्।
यता ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ५४२ मत ल्याएर अग्रस्थानमा छन्।
एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार ३३२ मत ल्याएका छन्। उपमेयरतर्फ एमालेकी मञ्जली शाक्य बज्राचार्यले २ हजार ९३७ र माओवादीका बावुराजा बज्राचार्यले २ हजार २३२ मत ल्याएका छन्।