शुक्रबार, मंसिर १२, २०८२

मोदीले भने– बुद्ध मानवताको अवतार हुन्, लुम्बिनी पवित्र स्थल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको बताएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

लुम्बिनी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको बताएका छन्। लुम्बिनी भ्रमणका अवसरमा सोमबार अपरान्ह लुम्बिनी विकास कोषले आयोजना गरेको २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालसँग भारतको सम्बन्ध हिमालजस्तै अटल र पुरानो भएको बताए। 

National life

उनले वैशाख पूर्णिमाको दिन भगवान बुद्ध जन्मेको पवित्र स्थलमा आफू आउने अवसर अविस्मरमरणीय रहेको बताए। मायादेवी मन्दिर पुगेर बुद्धको चेतना र उर्जाको अलग्गै अनुभूति भएको मोदीले सुनाए। ‘पशुपतिनाथ, मुक्तिनाथ,वा जनकपुरधाम नै किन नहोस्, वा लुम्बिनी नै किन नहोस्, जबजब नेपाल भ्रमणमा आउँछु, खुसी हुन्छु,’ उनले भने। उनले नेपाल सबैभन्दा अग्लो हिमाल रहेको सगरमाथा, मठमन्दिर र दुनियाँको प्राचीन सम्पदाहरुको देश भएको बताए।

‘नेपाल आउँदा कुनै राजनीतिक भ्रमण होइन, आध्यात्मिक भ्रमणको अनूभूति हुन्छ,’ मोदीले भने। बीचबीचमा नेपाली भाषामै बोलेका मोदीले लुम्बिनी पवित्र भूमि भएको बताए। उनले लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको, भारतको बोधगयामा ज्ञान प्राप्त गरेको स्मरण समेत गरे। उनले नेपाल र भारतलाई लुम्बिनी र बुद्धले पनि जोडेको बताए। बुद्ध मानवताको सामूहिक खोजको अवतार भएको उनले बताए। ‘बुुद्ध विचार हो, संस्कार हो। उहाँको उपदेशमा मानवता र ज्ञान हुन्छ,’ उनले भने। बुद्ध सामान्य परिवारमा नभएको बताउँदै परिवारबाट त्यागेर जगतको सेवा गर्ने सन्देश उनले दिएको मोदीले बताए।

वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मेका बुद्धले बोधगयामा ज्ञान, कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको स्मरण गर्दै उनले भने, ‘यी तीनै काम बुद्ध पूर्णिमाकै दिन भएको छ। यो संयोग मात्रै होइन, जीवन ज्ञान, निर्माणको सन्देश पनि हो।’ उनले बुद्धको उपदेशको सबैले पालना गर्नुपर्ने बताए। 

उनले नेपाल र भारत सबै हिसाबले सँगसँगै रहेको पनि बताए। खानपान, गीतसंगीत, रितिरिवाजमा देखिएको समानताले पारिवारिक सम्बन्ध रहेको प्रष्ट भएको उनले सुनाए। ‘नेपालसँग भारत हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्न तयार छ,’ उनले भने। समारोहमा बोल्दै गर्दा उनले पटक पटक लुम्बिनीलाई पवित्र भूमि भनेर सम्बोधन गरेका थिए। 

Laxmi sunrise bank
kumari

उनले आफ्नो लुम्बिनी भ्रमणले लाखौं तिर्थालुहरुलाई आमन्त्रण गर्ने विश्वास लिएको बताए। समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेको बताए। उनले नेपालको आर्थिक विकासमा निम्ति भारत सरकारप्रति आभार समेत व्यक्त गरे।

नयाँ दिल्लीबाट हेलिकोप्टरमा सिधै लुम्बिनी ओर्लिएका मोदी आजै स्वदेश फर्केका छन्।

प्रकाशित: May 16, 2022| 16:54 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।