काठमाडौं– इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरुङ विजयी भएका छन्। निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार उदय राईलाई ९ सय ६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित भएका हुन्।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गुरुङले ४ हजार २ सय २३ मत पाउँदै विजयी भएका हुन्। प्रतिष्पर्धी एमालेका उम्मेदवार राईले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका हरी लुङ्गेलीले एमालेकी उम्मेदवार तुलसादेवी सेडाईलाई ६ सय ५१ मतअन्तरले पछि पार्दै निर्वाचित भइन्।