आइतबार, चैत ८, २०८२

उपकुलपतिको मृत्यु भएको विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ।

National life

उपकुलपति सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरीउपकुलपतिको मृत्यु सम्बन्धमाभनेर निकालिएको विज्ञप्तिमाथि यति बेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा निन्दा, घृणा भत्र्सनाको टिप्पणी भइरहेको छ।

विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको , “विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा डा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले राससलाई बताए।

यस घटनामा कोको संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ,” उनले भने, “विश्वविद्यालय मेरोपछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ गलत छैन यसमा आतिएको पनि छैन

जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिइसकिएको बताए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदै माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन वार्ता गर्ने भन्दै एक साता अघि उपकुलपति प्राडा सिंहको निवास गाडीमा समेत तोडफोड गरिएको थियो

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2021| 06:49 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्