शनिबार, मंसिर १३, २०८२

भैरहवामा देउवा-मोदी भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। एक दिने लुम्बिनी भ्रमणमा रहेका प्रधानमन्त्री मोदी र नेपाली समकक्षी देउवाबीच भैरहवामा भेटवार्ता भएको हो।

National life

भेटमा देउवा र मोदीबीच प्रधानमन्त्री देउवाको डेढ महिनाअघि सम्पन्न भारत भ्रमणमा भएको छलफलबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसक्रममा दुवै प्रधानमन्त्रीले नेपाल—भारत सहकार्य र आपसी हितका विषयमा पनि कुराकानी गरेका थिए। साथै दुई देशबीचको निकट र हार्दिक सम्बन्धलाई अझ विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विट गर्दै भेटलाई ‘दुई देशबीचको जारी सहकार्य र बहुआयामिक साझेदारीका नयाँ क्षेत्र विकास गर्ने अवसर’ भनेका छन्। 

२५६६ औं बुद्वजयन्ती समारोहमा सहभागी हुन मोदी आज बिहान ११ बजे लुम्बिनी आएका हुन्। मोदीलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा, नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आले, परराष्ट्रमन्त्री नारायण खड्का लगायतले स्वागत गरेका हुन्। मोदी नयाँ दिल्लीबाट सिधै हेलिकप्टर मार्फत लुम्बिनी आएका हुन्। 

लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका थिए। करिब आधा घन्टा मायादेवी मन्दिरमा बिताएका मोदीसँगै प्रधानमन्त्री देउवाले मायादेवी मन्दिरको अवलोकन गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 16, 2022| 15:19 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।