सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मतपत्रमा गडबडी हुँदा झापाका दुई स्थानमा मतगणना अवरुद्ध, धाँधली भएको आरोप

Siddartha premir insuranceSiddartha premir insurance

मतपत्रमा गडबडी हुँदा झापाका दुई स्थानमा मतगणना अवरुद्ध, धाँधली भएको आरोप

मतपत्रमा गडबडी हुँदा झापाका दुई ठाउँमा मतगणना अवरुद्ध भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका र गौरीगन्ज गाउँपालिकाको मतगणना रोकिएको हो।
 |  सोमबार, जेठ २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– मतपत्रमा गडबडी हुँदा झापाका दुई ठाउँमा मतगणना अवरुद्ध भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका र गौरीगन्ज गाउँपालिकाको मतगणना रोकिएको हो। 

triton college

शिवसताक्षीमा त ५४ मतपत्र हराएको विवादले झापाको निर्वाचन अधिकृत नै फेरिने अवस्था सिर्जना भएको छ। निर्वाचन अधिकृत ऋषि पौडेलले काम गर्न असहज भएको प्रतिवेदन पठाएपछि त्यहाँ नयाँ अधिकृत पठाउनेबारे छलफल भइरहेको छ। 

‘दुवैतिर मतपत्रमा गडबडी भएको भन्दै विवाद भएपछि मतगणना रोकिएको हो,’ जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले नेपाल समयसँग भने, ‘शिवसताक्षीका निर्वाचन अधिकृतले आफूलाई मतगणना गर्न असहज हुने प्रतिवेदन नै पठाइसक्नुभयो। हाम्रो रिपोर्ट र त्यो प्रतिवेदन दुवै अहिले निर्वाचन आयोगमा पुगेको छ। नयाँ अधिकृत पठाउनेबारे छलफल भइरहेको सुनेको छु।’ 

खसेको मत र गणना भएको मतमा फरक आएपछि आइतबार रातिबाटै शिवसताक्षीमा मतगणना रोकिएको थियो। वडा नम्बर १ को मतगणना गर्दा ५४ मतपत्र हराएको भन्दै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार दुर्गा नेम्वाङले आपत्ति जनाएपछि त्यहाँ माओवादी कार्यकर्ताले नारावाजी समेत गरेका थिए। त्यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ । विजयी भइसकेपछि मात्रै मतपत्र हराएको खबर बाहिरिएको थियो। 

उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ। तर, मतगणनाका बेला भने तीन हजार २८ मतपत्र मात्र भेटिएको थियो । त्यस्तै गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ को मत गन्ने क्रममा खसेको मत भन्दा एक ७३ मत बढी देखिएपछि विवाद सिर्जना भएको छ। नेपाली कांग्रेसका प्रतिनिधिले त्यहाँ धाँधली भएको आशंका गरेका छन्। वडा नम्बरमा १ मा त्यहाँ तीन हजार ८ सय ८ मत खसेको मुचुल्कामा उल्लेख छ। तर, सोमबार बिहान सम्पन्न वडाको मतगणनामा मत संख्या ३ हजार ९ सय ८१ पुगेको भन्दै कांग्रेसका प्रतिनिधिले धाँधलीको आरोप लगाएका हुन्। 

Metro Mart
vianet

यद्यपि विवादका बीच मतदान अधिकृतको कार्यालयले ३ हजार ८ सय ४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो। सार्वजनिक मतपरिणाम अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत संख्या बराबर १ हजार १ सय ८१ भएको जनाइएको छ । 

तर, नेपाली कांग्रेसले भने आफ्ना प्रतिनिधिले हस्ताक्षर नै नगरेको मतपरिणाम मान्न सकिने भन्दै विरोध गरिरहेको छ। यो विषयलाई टुंग्याउन त्यहाँ सर्वदलीय बैठक बसिरहेको झापा निर्वाचन प्रमुख नेपालले बताए।

प्रकाशित: May 16, 2022| 14:51 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।