शुक्रबार, मंसिर १२, २०८२

जनार्दन शर्माको वडा कांग्रेसले जित्यो

अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको वडामा नेपाली कांग्रेसले जित हात पारेको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको वडामा नेपाली कांग्रेसले  जित हात पारेको छ। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा नेपाली कांग्रेसका उम्मेदवार समिरजंग मल्लले जित हात पारेका हुन्।

National life

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुशील गौतमलाई ८४ मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन्। नेपाली कांग्रेसका उम्मेदवार मल्लले ५०८ मत पाउँदा माओवादी केन्द्रका गौतमले ४२४ मत प्राप्त गरेका छन्।

सदस्यहरुमा पनि कांग्रेस–एमाले गठबन्धनका ४ जना सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट खुल्ला महिला सदस्य  टिका देवकोटा ४९४, दलित महिला सदस्य प्रतिभा नेपाली ४८२, वडा सदस्य कालीबहादुर खत्री ४४६ र बमकुमारी ओली केसी ४३७ मत ल्याएर विजयी भएका छन्।

उक्त वडामा जम्मा  ९८४  मत खसेको थियो। मुसीकोट नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चुनावी गठबन्धनका विरुद्ध नेपाली कांग्रेस र एमालेको गठबन्धन चुनावी प्रतिपर्धामा थियो।

प्रकाशित: May 16, 2022| 14:39 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।