शनिबार, मंसिर ६, २०८२

लुम्बिनीमा व्यस्त मोदी [तस्बिरहरू]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा छन्। एक दिनका लागि यहाँ आएका मोदीको व्यस्त कार्यतालिका छ।
 |  सोमबार, जेठ २, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, जेठ २, २०७९

बुटवल– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा छन्। एक दिनका लागि यहाँ आएका मोदीको व्यस्त कार्यतालिका छ। उनी मायादेवी मन्दिरमा पूजाआजापछि द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन्। २५६६ औं बुद्वजयन्ती समारोहमा सहभागि हुन मोदी बिहान ११ बजे लुम्बिनी आएका हुन्। 

National life

मोदीलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा, नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आले, परराष्ट्रमन्त्री नारायण खड्का लगायतले स्वागत गरेका हुन्। मोदी नयाँ दिल्लीबाट सिधै हेलिकप्टर मार्फत लुम्बिनी आएका हुन्। 

लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका थिए। करिब आधा घन्टा मायादेवी मन्दिरमा बिताएका मोदीसँगै प्रधानमन्त्री देउवाले मायादेवी मन्दिरको अवलोकन गरेका थिए। 

मोदीले मायादेवी मन्दिरमा मार्कर स्टोनमा फूल अर्पण गरी पूजा गरेका थिए। पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गरेका मोदीले मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाले। आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गरे। 

मायादेवी मन्दिरको अवलोकन, भारतको आईबीसीद्वारा निर्माण गरिएको बिहारको शिलान्यास गरेपछि नेपाल र भारतका उच्च अधिकारीहरुबीच छलफल शुरु भएको छ। लुम्बिनी नजिकै रहेको होटल पवनमा नेपालका प्रधानमन्त्रीसँग भेटघाट भएको छ। 

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइडलाइन वार्ताका निम्ति लुम्बिनीको पवन होटलमा पुगेका छन्। प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भइरहेको बताइएको छ। 



 

प्रकाशित: May 16, 2022| 13:57 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।