बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ५४ वटा मतपत्र हराएपछि शिवसताक्षीमा निर्वाचन अधिकृत नै फेरिँदै

५४ वटा मतपत्र हराएपछि शिवसताक्षीमा निर्वाचन अधिकृत नै फेरिँदै

५४ मतपत्र हराएको विवादले झापाको शिवसताक्षी नगरपालिकाका निर्वाचन अधिकृत नै फेरिने अवस्था सिर्जना भएको छ।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– ५४ मतपत्र हराएको विवादले झापाको शिवसताक्षी नगरपालिकाका निर्वाचन अधिकृत नै फेरिने अवस्था सिर्जना भएको छ। जिल्ला निर्वाचन कार्यलय झापाका अनुसार हालका निर्वाचन अधिकृत ऋषि पौडेलले काम गर्न असहज भएको प्रतिवेदन पठाएपछि नयाँ अधिकृत पठाउने बारे छलफल भइरहेको छ। 

Kumaribank

‘त्यहाँ मतपत्र हराएको विवाद भएपछि मतगणना रोकिएको छ,’ जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख तुलसी नेपालले नेपाल समयसँग भने, ‘अहिलेका निर्वाचन अधिकृतले आफूलाई मतगणना गर्न असहज हुने प्रतिवेदन पठाउनुभएपछि अहिले त्यो निर्वाचन आयोगमा पुगेको छ। अहिले आयोगमा त्यसबारे छलफल भइरहेको अवस्था हो।’ 

खसेको मत र गणना भएको मतमा फरक आएपछि आइतबार रातिबाटै झापाको शिवसताक्षीमा मतगणना रोकिएको हो।  वडा नम्बर–१ को मतगणना गर्दा ५४ मतपत्र हराएको भन्दै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार दुर्गा नेम्वाङले आपत्ति जनाएपछि त्यहाँ माओवादी कार्यकर्ताले नारावाजी समेत गरेका थिए। यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ । विजयी भइसकेपछि मात्रै मतपत्र हराएको खबर बाहिरिएको थियो। 

उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ। तर, मतगणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटिएको थियो ।

प्रकाशित: May 16, 2022| 13:28 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।