सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री

मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री

सोमबार बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले एक समारोहका बीच गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्।
 |  सोमबार, जेठ २, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, जेठ २, २०७९

बुटवल- सोमबार बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले एक समारोहका बीच गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्।

National life

प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनिक्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए। 

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको बताए। उनले विमानस्थलमा यात्रु नआउने बताउँदै उनले नागरिक उडडयान तथा सस्कृति मन्त्री मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकको विकासलाई टेवा पुर्याउने बताए। हवाइ उद्योगलाई चलायमान बनाउने समेत बताए। 

विस २०७१ साल माघ १ गते (जनवरी,१५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो।

तीन चरणमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो। पहिलो बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोड, दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत ५० करोड र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ भएको आयोजनाले जनाएको छ। त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्बभन्दा रुपैयाँभन्दा बढीको लगानी पुगेको आईसीबी-१ का परियोजनाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

विमानस्थलमा कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग रहेको छ। यस्तै आगमन, प्रस्थान सहितको टर्मिनल भवन, प्रशासकिय भवन, खानेपानी, फायर स्टेशन, मौसमसम्बन्धी जानकारी दिने उपकरण सहित अत्याधुनिक एयर ट्राफिक टावर समेत निर्माण गरिएको छ। विमानस्थल करिब ८ सय बिघा क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: May 16, 2022| 09:09 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।