बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्ण साउद ३ हजार १६५ मत लिएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार हजारी सिंह साउदले २ हजार ८४९ मत ल्याए।
उपाध्यक्षमा भने एमालेकी सकुन्तोला साउद विजयी भइन्। उनले २ हजार ८१७ मत ल्याएर विजयी भइन्। उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साउदले २ हजार ६९९ मत ल्याएका छन्।