काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर अग्रता बनाएको छ।
ताजा मतपरिणाम अनुसार मेयर पदमा कांग्रेसले दोब्बर बढी मतको अग्रता बनाएको हो। कांग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत ल्याएर अग्रता बनाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत ल्याएका छन्। उपमेयर पदमा जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ७४५ मत ल्याएर अग्रता बताउँदा एमालेकी शान्ति ढकालले १ हजार १९० र राप्रपाकी विन्दु चर्तिमगरले १ हजार ७७५ मत पाएकी छन्।