काठमाडौं– भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा मतगणना स्थगित भएको छ। नेकपा माओवादी केन्द्रले वडा नम्बर १ को मतगणना पुनः गर्नुपर्ने माग राखेर प्रदर्शन गरेपछि मतगणना रोकिएको हो।
वडा नम्बर १ को मतगणना चित्तबुझ्दो नभएको भन्दै माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार पेम्दोर्जी शेर्पाले निर्वाचन अधिकृतलाई निवेदन समेत दिएका छन्। चुनावी परिणाम निर्वाचन अधिकृतले सार्वजनिक नगरी बाहिरएकाले शंका उत्पन्न भएको माओवादीको दावी छ।
माओवादीका टेम्के मैयुङ गाउँपालिका ईन्चार्ज मादेन राईले उम्मेदवारहरुको मत संख्या समेत सार्वजनिक नगरी अमुक दलका उम्मेदवारहरुले अविरजात्रा गर्नुले शंका उत्पन्न भएको बताएका छन्। निर्वाचन अधिकृत मुनका न्यौपानेले भने दलहरुसँग छलफल भइरहेको बताएकी छन्।