काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भरत रोकाया विजयी भएका छन्। रोकायाले २ हजार ११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले चतुरभुज शाहीले १ हजार ७ सय ५७ सय मत प्राप्त गरे।
उपाध्यक्षमा पनि कांग्रेसकै मैना जौशी विजयी भएकी छन्। जोशीले १ हजार ८ सय १० पाएकी छन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले १ हजार ६ सय ३७ प्राप्त गरेकी छन्। निर्वाचित दुवै दुबै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए।