काठमाडौं– काभ्रेका दुई गाउँपालिकामा दुईजना वडाध्यक्ष एक मतको अन्तरले विजयी भएका छन्।
खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादीबाट सन्त राम थिङले ५४८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका आाशाराम गोलेले ५४७ मत पाएका छन् ।
यस्तै चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा सुशील लामा ४०२ मत ल्याएर निर्वाचित भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका राजु आले तामाङलाई ४०१ मत प्राप्त भएको छ।