काठमाडौं– भोजपुर नगरपालिका–४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका गिरेन्द्र खड्का ७२१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर बस्नेतले ६३८ मत प्राप्त गरे। यस्तै खुला वडा सदस्यमा कमल खड्का, भोलामान सुनुवार, महिला वडा सदस्यमा चन्द्रकला प्रधान र दलित महिला वडा सदस्यमा रमादेवी मंग्राती निर्वाचित भएका छन्।
भोजपुर नगरपालिकामा अहिलेसम्म चार वडाको मतगणना सकिएको छ। वडा नम्बर एकमा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २,३ र ४ नम्बर वडामा कांग्रेस विजयी भएको छ।