रोल्पा– रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
माओवादीका ऋषिकेशव बुढा मगर २ हजार २२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। उनले स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पराजित गरे। रोका मगरले १ हजार ५०५ मत प्राप्त गरे।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए ।
थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए ।