काठमाडौं– दोलखा जिल्लामा नै पहिलो पटक दलित वडाध्यक्ष निर्वाचन भएका छन्।
जिल्लाको शैलुङ गाउँपालिका वडा नं– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विर बहादुर घतानी बिजयी भएका हुन्। उनी दलित समुदायकै पहिलो निर्वाचित वडाध्यक्ष हुन्। उनले ८६३ मत पाएका छन्।
उनले नेकपा एमालेका निकट प्रतिद्वन्दी गोपीलाल तामाङलाई ४५ मतले पराजित गरेका हुन् । तामाङले ८१८ मत ल्याएका छन्।