आइतबार, फागुन १७, २०८२

कांग्रेसले गुमायो मुस्ताङको थासाङ गाउँपालिका

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

एमालेका प्रदीप गौचन १ हजार १४४ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी  बालकुमारी शेरचनले १ हजार ५५ मत ल्याइन् ।

उपाध्यक्षमा भने कांग्रेसकी  सोमल हिराचन विजयी भइन्। उनले १ हजार ११२ मत प्राप्त गर्दा एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको नेपाली कांग्रेसले यसपटक भने अध्यक्ष पद गुमाएको हो ।

प्रकाशित: May 15, 2022| 15:17 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।