काठमाडौं– विराटनगर महानगरपालिकाको मतदान रोकिएको छ। मतगणनामा खटिएका कर्मचारी गायब भएपछि मतगणना रोकिएको हो। कर्मचारी मत गन्न नआएपछि दुई घण्टादेखि मतगणना रोकिएको छ।
विराटनगरको वडा नम्बर १ को मतगणनामा खटिएका कर्मचारी सम्पर्कविहीन भएकाले गणना रोकिएको बताइएको छ। गणक कर्मचारी प्रकाश ढुंगाना सम्पर्कविहीन भएका हुन्। एक कर्मचारीका अनुसार ढुंगाना गणना गर्न नसक्ने भन्दै निस्केका थिए। कर्मचारी नआउँदा मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।