काठमाडौं– गोसाइँकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण पैदल मार्गबाट आज अपराह्न मात्र मतपेटिका धुञ्चे पुर्याइएका कारण गोसाइँकुण्ड गाउँपालिकाको मतगणना ढिलो भएको हो। मतगणना साँझ सवा सात बजेदेखि सुरु भएको हो।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना कार्य गएरातिदेखि सुरु भएको र तीनवटा वडाको मत परिमाण सार्वजनिक भइसकेको छ । पछिल्लो जानकारीअनुसार रसुवा जिल्लामा पाँच हजारभन्दा बढी मतगणना भइसकेको र गणना कार्य निरन्तर जारी रहेको बताइएको छ।
पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट ३० हजार चारजना मतदाताले मतदान गरेको जनाइएको छ । तीमध्ये महिला १४ हजार ४२८ एवं १५ हजार ५७६ पुरुष मतदातले मतदान गरेका थिए ।