काठमाडौं– रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ।
रोल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो। दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।
सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ।