शनिबार, साउन १२, २०८१

बरहथवा–१७ मा पुनः मतदान हुने

सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ।

triton college

निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए। उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ।

जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्याह्नदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा (एमाले), जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन्। उनीहरूले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेदवार रामविश्वास राय लगायतले नेकपा (माओवादी केन्द्र)का वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गरिएको छ।

सो वडाको आधारभूत विद्यालय परोरिया मतदान स्थलअन्तर्गत दुई मतदान केन्द्रमा जम्मा १ हजार ९५४ मतदाता भए पनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो। वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन। बरहथवाका निर्वाचन अधिकृत दशरथ पङ्गेनीले प्रचलित ऐन नियमअनुसार सर्बदलीय बैठक राखेर सो वडामा पुनः मतदानको मिति तय गरिने छ।

प्रकाशित: May 14, 2022| 17:33 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।