सोमबार, फागुन १८, २०८२

बुटवल–१ मा 'पुतली'ले जितेपछि...

बुटवल उपमहानगरपालिकामा पहिलो जित स्वतन्त्र उम्मेदवारले निकालेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

बुटवल– बुटवल उपमहानगरपालिकामा पहिलो जित स्वतन्त्र उम्मेदवारले निकालेका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेर बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा ६० वर्षिय नरेन्द्र बस्नेत उम्मेदवार बनेका थिए। 

बस्नेत ६३६ मतका साथ विजयी भएका हुन्। उनका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याए। लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। नेपाली कांग्रसका माधव प्रधानले ३४८ मत मात्रै प्राप्त गरे। निर्वाचन आयोगले भने जितको घोषणा गर्न बाँकी छ। 

विजयी उम्मेदवार बस्नेत
बस्नेतले पुतली चुनाव चिन्हबाट लडेका थिए। २०५४ सालमा पनि बस्नेत स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यतिखेर पनि उनी कांंग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बनेका थिए। त्यतिखेर उनले कुचो चुनाव चिन्ह पाएका थिए। 

समाजमा भिजेका बस्नेतले जनताको सेवा गरेका कारण मत पाएको बताइएको छ। बुटवल १ को मतगणना सकिँदासम्म बुटवलमा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन्।

बुटवलमा यसअघि विजयी भएको एमालेलाई उछिन्दै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचन दोस्रो बनेका छन्। एमालेका बाबुराम भट्टराई तेस्रो नम्बरमा छन्।

kumari

प्रकाशित: May 14, 2022| 17:02 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।