ललितपुर- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ। कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता दोब्बर बनाएका हुन्।
पछिल्लो मतपरिणाम अनुसार चिरीबाबुले ११० मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन्।
अहिलेसम्म २०० मत गनिएको र ३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
उपमेयरमा भने एमालेको अग्रता छ। उपमेयरमा एमाले उम्मेदवारले ६४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले ३६ मत प्राप्त गरेका छन्।