काठमाडौं– बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।
२०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए। यसपटक भने पार्टीले माधव प्रधानलाई टिकट दिएको थियो। बागी उम्मेदवारी दिएपछि उनी पार्टीको कारबाहीमा परेका थिए।
सो वडामा बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा रहे। वडा सदस्यमा सबै कांग्रेसका उम्मेदवार विजयी भएका छन्।