शुक्रबार, मंसिर १२, २०८२

गण्डकीका आठ पालिकाको परिणाम आउँदा एमाले पहिलो स्थानमा

शुक्रबार भएको स्थानीय निर्वाचन अन्तर्गत हालसम्म गण्डकी प्रदेशका आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शुक्रबार भएको स्थानीय निर्वाचन अन्तर्गत हालसम्म गण्डकी प्रदेशका आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। मनाङका सबै पालिकाको र मुस्ताङका चार पालिकाको गणना सकिएको छ। 

गण्डकीमा हालसम्म एमालेले पाँच वटा पालिकामा जित हात पारेर पहिलो स्थानमा छ। कांग्रेसले भने तीन पालिका जितेको छ। अरु पार्टीले यहाँ जितेका छैनन् अहिलेसम्म। एमालेले मनाङको चामे र ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अध्यक्ष जितेको छ।

कांग्रेसले मनाङको नासोँ, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष जितेको छ। लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्रमा यसअघि कांग्रेसले जितेको थियो। यसअघि एमालेले जितेको घरपझोङमा भने कांग्रेस विजयी भएको छ।

प्रकाशित: May 14, 2022| 16:15 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।