काठमाडौं– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन्। उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकी गुरुङ निर्वाचित भएकी छिन्।
उनले नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी भएकी हुन्। ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाएकी छन्।