गुल्मी- गुल्मीका १० स्थानीय तहमा मतगणना सुरु भएको छ। थप दुई वटामा पालिकामा भने सर्वदलीय बैठक नै बस्न सकेको छैन।
जिल्लाको धुर्कोट गाउँपालिकामा र रुरुक्षेत्र गाउँपालिकामा मतगणनाको लागि सर्वदलीय बैठक बस्न नसकेको हो।
जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार धुर्कोट गाउँपालिकामा आफ्नो पार्टीको वडाअध्यक्ष पदका उम्मेदवारमाथि कुटपिट भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको कारण बैठक बस्न सकेको छैन।
गाउँपालिकाको वडानम्बर-४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोपाल थापामगरमाथि शुक्रबार मतदान सकिएपछि कुटपिट भएको थियो।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा पनि मतदान सकिएपछि माओवादी-कांग्रेस गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्ता राजु ज्ञवालीलाई कुटपिट गरेका थिए। ज्ञवाली उपचाररत भएको कारण सर्वदलीय बैठक बस्न नसकेको हो।