शुक्रबार, कात्तिक १३, २०८३

कांग्रेस र एमाले ३-३ पालिकामा विजयी, २ स्थानमा नेकपा एस निर्विरोध

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं- शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ३-३ वटा पालिकामा नेकपा एमाले र कांग्रेस विजयी बनेका छन्। एकीकृत समाजवादीले २ पालिकामा निर्विरोध जित हासिल गरेको छ। 

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० कुल मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले नै जितेको छ। 

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।

यसैगरी मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले जितेका छन्। १५८ मतसहित लामा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत प्राप्त गरे। कुल खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका थिए। ०७४ सालको निर्वाचनमा उक्त गाउँपालिकामा नेपाली कांग्रेसले निर्विरोध जित हासिल गरेको थियो।  

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले एमालेका सञ्जयकुमार थकालीलाई २ मतको झिनो अन्तरले पराजित गरेका थिए। लालचनले ७६० मत ल्याउँदा थकालीले ७५८ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा नेकपा एमालेका आसबहादुर थकाली निर्वाचित भएका थिए। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले जितेकी छिन। उनले ६ सय ९३ ल्याउँदा एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्। 

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन्। कान्छा यसअघि पनि अध्यक्ष थिए। उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन्। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्। राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन्। मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो ।

मनाङको नासो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार धनबहादुर गुरुङ विजयी भएका छन्। नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङलाई पराजित गर्दै धनबहादुर विजयी भएका हुन्। विजयी भएका गुरुङले ८२० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी बनेका एमालेका मनबहादुरले ६४६ मत पाए। यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भएका छन्। उनले ९१३ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अर्भिन गुरुङले ४९६ मत ल्याएका छन्।

डोल्पाका दुई पालिकामा यसअघि नै निर्विरोध अध्यक्ष चुनिएका थिए। उनीहरु नेकपा एकीकृत समाजवादीका हुन्। डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध हुँदा डोल्पाकै छर्का ताङसोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीकै सोनाङ गुरुङ निर्विरोध भएका थिए। 

प्रकाशित: May 14, 2022| 13:23 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...