बिहीबार, साउन २८, २०८३

काठमाडौंमा ३ सय मत गन्दा बालेनको अग्रता कायमै, पछ्याउँदै सिर्जना

काठमाडौं महानगरपालिकामा ३ सय मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता कायम गरेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकामा ३ सय मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता कायम गरेका छन्।

दोस्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्। अहिले वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। वडा नम्बर ३२ को २०० र वडा नम्बर १ को १०० मतगणना सकिएको छ। 

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन्। 

प्रकाशित: May 14, 2022| 13:22 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...