बुटवल- विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। कोइराला २ सय ६९ मतका साथ लिड गरिरहेका हुन्।
यस्तै एमाले उम्मेदवार सागर थापाले १८१ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट जसपा उम्मेदवार अमरेन्द्र यादवले १५२ र एमाले उम्मेदवार शिल्पा कार्कीले २२६ मत प्राप्त गरेका छन्।