धनगढी- सात स्थानीय मध्ये डडेल्धुरामा नेपाली कांग्रेसले चार पालिकामा अग्रता लिएको छ।
जिल्लाको अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकामा कांग्रेस अगाडी छ। परशुराम नगरपालिकामा नेकपा माओवादीका उम्मेदवार अगाडि छन्। अजयमेरु र भागेश्वर गाउँपालिकामा मतगणना सुरु भएको छैन।
जिल्लाको अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी ३७० मतका साथ अग्रता लिइरहेका छन्। यस्तै कांग्रेस विपीका हरि भट्टले ३२२ मत पाएका छन्।
अमरगढीको मेयरमा माओवादीका लक्ष्मण सिंहले ११ र एकीकृत समाजवादीकी संगिता भण्डारीले ७ मत प्राप्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामाको अध्यक्षमा कांग्रेसका इन्द्रबहादुर कार्कीले १०३२ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेस विपीका सुरेन्द्र मालीले ४९१ मत ल्याएरका छन्। यस्तै सामाजवादीका नरबहादुर विष्ट १५३ मत प्राप्त गरेका छन्।
उता नवदुर्गा गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसका लक्ष्मीप्रसाद अवस्थी २१० मत ल्याएर अगाडि छन्। दोस्रोमा माओवादी केन्द्रका धर्मविर लुहारले १४५ मत प्राप्त गरेका छन्। समाजवादीका कविन्द्र विष्टले १३८ र कांग्रेस विपीका गोकुल शाहीले १२८ मत पाएका छन्।
डडेल्धुराको आलितालमा नेपाली कांग्रेसले अग्रता लिएको छ। ८ सय मत गन्दा पालिका अध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर गुरुङले २९७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका मीन बोगटीले २७७ मत पाएकी छन्।
यस्तै नेकपा माओवादी केन्द्रका शेरसिंह पार्कीले १०२ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ११ र स्वतन्त्र उम्मेदवार टेक खड्काले ५९ मत पाएका छन्।
परशुरामको मेयरका उम्मेदवार माओवादीका शेरसिंह मालले ४६२ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका भरत बडाएर जोशीले ४५२ मत प्राप्त गरेका छन्। सोही नगरपालिकिाको मेयरमा उम्मेदवार बनेका एमालेका केशव बोहराले २३९ मत पाएका छन्।