मंगलबार, असार ९, २०८३

धेरैजसो स्थानमा मतगणना सौहार्दपूर्ण, केही ठाउँमा विवादले स्थगित

हिजो शुक्रबार देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा भएको निर्वाचनपछि मतगणना चलिरहेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– हिजो शुक्रबार देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा भएको निर्वाचनपछि मतगणना चलिरहेको छ। धेरैजसो ठाउँमा सौहार्दपूर्ण रुपमा मतगण्ना भइरहेको छ। केही स्थानमा भने विवादका कारण स्थगित पनि भएको छ। 

National life

म्याग्दीको तातोपानी गाउँपालिकामा कांग्रेस र माओवादीबीच विवाद हुँदा मतगणना स्थगित भएको छ। ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना पनि रोकिएको छ।

उता गोरखाको चुमनुब्रीमा मतपेटिका नै गणनास्थलमा ल्याइएको छैन। मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले समय लागेको हो। त्यहाँ मतगणना सुरु गर्न अझै दुई दिन लाग्ने बताइएको छ।

इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा विवाद उत्पन्न भएको छ। मतगणनास्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको हो।

मतगणनास्थलबाहिर झडपको अवस्था सिर्जना भएको छ। गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर गरेको छ। 

Shivam cement

प्रकाशित: May 14, 2022| 12:55 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...