मंगलबार, असार ९, २०८३

गजुरी–८ मा पुनः मतदानको माग

धादिङको गजुरी गाउँपालिका–८ स्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा पुनः मतदानको माग स्थानीयले गरेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–८ स्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा पुनः मतदानको माग स्थानीयले गरेका छन्। समय छँदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट बञ्चित गरेको भन्दै त्यहाँ पुनः मतदानको माग भएको हो।

पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन्। राति १२ बजे बसेको सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार त्यसबारे निर्वाचन आयोगमा लेखी पठाइएको गजुरीको निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता परिचयपत्र लिन नभ्याएका एक मतदाताले मतदान गर्न नपाएपछि त्यहाँ विवाद उत्पन्न भएको थियो। तीन वटा मतदान स्थल रहेको उक्त केन्द्रमा दुई हजार ४७७ मतदाता छन्। शुक्रबार १ हजार ६ सय ८८ जनाले मतदान गरेको मुचुल्का उठाइएको थियो।

प्रकाशित: May 14, 2022| 12:29 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...