शुक्रबार, कात्तिक १३, २०८३

दलका प्रतिनिधि नआउँदा वीरगञ्जमा सुरु हुन सकेन मतगणना, पोखरामा पनि अलमल

राजनीतिक दलका प्रतिनिधि नआउँदा वीरगञ्ज महानगरपालिकाको मत गणनामा ढिलाइ हुने भएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– राजनीतिक दलका प्रतिनिधि नआउँदा वीरगञ्ज महानगरपालिकाको मत गणनामा ढिलाइ  हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनकारीनुसार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भनिए पनि हालसम्म पनि मतगणना सुरु भएको छैन। 

वीरगञ्ज महागरपालिकमा ३२ वडा रहेका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा कुल ९३ हजार ७ सय ८२ अर्थात ७५.२४ प्रतिशत मत खसेको थियो। दलका प्रतिनिधिहरुले गरेको ढिलाइका कारण ८ बजे राखिएको सर्वदलीय बैठ नै डेढ घण्टा ढिला गरी बसेको थियो। सर्वदलीय बैठकले मतगणनामा आउन सक्ने विवाद समाधानका लागि २२ बुँदे निर्णय गरेको छ।

उता पोखरामा पनि गणना सुरु हुन सकेको छैन। सर्वदलीय बैठक बसे पनि मतपेटिकाको सर्टिङ (मिलाउने काम) सुरु नभएको मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले जनाएका छन्। २ बजेअघि मतगणना हुने लक्षण नदेखिएको उनले जनाएका छन्।

प्रकाशित: May 14, 2022| 12:21 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...