विराटनगर- मोरङका १७ वटा स्थानीय तह मध्ये १२ वटामा मतगणना जारी छ। शनिबार बिहानदेखि जारी मतगणनामा नेकपा एमाले र कांग्रेसले ५-५ स्थानीय तहमा अग्रता लिएकाे छ।
कानेपोखरी, उर्लाबारी, बेलबारी र रंगेली र लेटाङमा एमालेका प्रमुखका उम्मेदवारले अग्रता लिइरहेका छन्। कांग्रेसले ग्रामथान, सुनवर्षी, कटहरी, धनपालथान र मिक्लाजुङमा अग्रता लिएको छ।
विराटनगर महानगरपालिकासहित जहदा गाउँपालिका, बुढीगंगा गाउँपालिका, केरावारी गाउँपालिका पनि मतगणना शुरू भएकाे छ। तर विवरण प्राप्त हुन बाँकी छ।