अत्तरिया- कैलालीको गोदावरीका दुई वडामा १ हजार १८ मतगणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ।
वडा नम्बर १ र १२ मा गरिएको मतगणनामा नेपाली कांग्रेसका विरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन्। नेकपा एमालेका गोकर्ण भट्ट ३ सय ६३ मतका साथ कांग्रेस उम्मेदवार भट्टलाई पछ्याइरहेका छन्।
वडा नम्बर १ मा ४ सय १८ मत गणना हुँदा नेपाली कांग्रेसका भट्टले २०४ मत ल्याउँदा नेकपा एमालेका गोकर्ण भट्टले १२६ मत ल्याएका थिए। वडा नम्बर १२ मा ६ सय मत गणना हुँदा कांग्रेसका भट्टले २०४ र एमालेका भट्टले २३७ मत ल्याएका छन्।