इलाम- इलामको देउमाई नगरपालिकामा झडप भएको छ। झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ।
मतगणनास्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो। दलका कार्यकर्ताबीचको विवादले उग्ररुप लिएपछि झडप भएको र त्यसलाई नियन्त्रणमा लिन फायर गरिएको प्रहरीले जानकारी दिएको हो।
आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ। झडपमा केही म्यादी प्रहरी घाइते भएको छ। गठबन्धनका कार्यकर्ताले पुन मतदानको माग गरेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।