शुक्रबार, कात्तिक १३, २०८३

पोखरामा सुरु हुन सकेन मतगणना, २ बजे थाल्ने तयारी

'सर्वपक्षीय बैठक अझै सकिएको छैन। मतपेटिकाको सर्टिङ (मिलाउने काम) भएकै छैन,' उनले भने। उनका अनुसार २ बजे गणना सुरु गर्ने तयारी गरिएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं- पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन। शनिबार बिहानै गणना सुरु गर्ने बताइए पनि सर्वदलीय बैठकमा ढिलाइ भएको स्वतन्त्र उम्मेदवार गनेस पौडेलले जानकारी दिए। 

'सर्वपक्षीय बैठक अझै सकिएको छैन। मतपेटिकाको सर्टिङ (मिलाउने काम) भएकै छैन,' उनले भने। उनका अनुसार २ बजे गणना सुरु गर्ने तयारी गरिएको छ। 

मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिमा ल्याइएको छ। 

पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एसबाट धनराज आचार्य र स्वतन्त्र उम्मेदवार गनेस पौडेलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। पोखरामा स्वतन्त्र मेयर उम्मेदवारको संख्या २३ छ।

प्रकाशित: May 14, 2022| 12:03 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...