अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। गोदावरी-१ मा ४ सय मत गणना गरिएको छ।
४ सय मतगणना हुँदा कांग्रेसका विरेन्द्र भट्टले २ सय ४ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका गोकर्ण भट्टले १ सय २६ मतका साथ पछ्याइरहेका छन्।
त्यस्तै उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले १ सय १ मत ल्याएकी छन्। नेकपा एमालेकी शारदा देवी रोकाया १ सय ८ मतका साथ लिड गरिरहेकी छन्।
यस्तै गोदावरी नगरपालिका-१ मा कांग्रेसकै वडाध्यक्षले अग्रता लिएका छन्। कांग्रेसका गोपालदत्त भट्टले १४७ मत पाउँदा नेकपा एमालेका शर्मानन्द भट्टले १२१ मत पाएका छन्। यस्तै माओवादी केन्द्रका दिनेश कुमार शाहले ६२ मत पाएका छन्।