बुटवल- बुटवल उपमहानगरपालिकामा ९ सय मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता बनाएका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका पाण्डेले ४२२ मतका साथ अग्रता लिएका छन्।
राप्रपाका मृगेन्द्र शेरचनले २१५ मतका साथ दोस्रो र नेकपा एमालेका बाबुराम भट्टराई १६० मतका साथ तेस्रो स्थानमा छन्।
बुटवलमा राति करिब १ बजेबाट मतगणना सुरु भएको थियो।