धनगढी- कञ्चनपुरमा चार स्थानीय तहमा मतगणना भइरहेको छ। मतगणना जारी रहेका चार पालिका मध्ये तीनमा कांग्रेस र एकमा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ।
बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादी केन्द्रका पोतीलाल चौधरीले ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेकी छन्।
यस्तै दोधरा चाँदनीमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन्।
यस्तै बेलडाडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र रानाले ८८ मत प्राप्त गर्दै अग्रता लिएका छन्। एमालेका अक्कल विष्टले ५९ र माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ४३ मत प्राप्त गरेका छन्।
लालझाडी गाउँपालिकामा कांग्रेसका श्रीकृष्ण रानाले ४६४ मतसहित अग्रता लिएका छन्। माओवादी केन्द्रका मदनसेन बडायकले ३४९ र एमालेका निर्मल रानाले २६६ मत प्राप्त गरेका छन्।
यस्तै, पुनर्बास नगरपालिका बाहेकका अन्य ४ पालिकामा शनिबार सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।