काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकामा ४ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन्।
साहले १३५ मतका साथ अग्रता कायम राखेका हुन्। उनलाई एमाले उम्मेदवार शिवशंकर साहले ४५ मत ल्याउँदै पछ्याइरहेका छन्।
अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साहले २८ मत पाएका छन्।
नेपाली कांग्रेसका नगर सभापति रहेका मनोज साहले गठबन्धनको भागबन्डामा आपत्ती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।