काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
शुक्रबार रातिसम्ममा मतपेटीका संकलन भइसकेपछि बसेको सर्वदलीय बैठकले मतगणना शनिबार बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको थियो।
काठमाडौं महानगरको ३६३ मतदानस्थलबाट सम्पूर्ण मतपेटीका संकलन शुक्रबार साझ नै भइसकेको छ।
काठमाडौंको मतगणनाका लागि राष्ट्रियसभा गृहमा सम्पूर्ण तयारी पूरा भएको छ। गणनास्थललाई तारजाली राखेर सुरक्षित बनाइएको छ।